Wednesday, October 21, 2009

कहानि जीबन कि।(अधुरो प्रेम)



जिन्दगि को हरेक पलका तितामिठा क्षणको स्वाद लिदै उकालि ओरालि लाई साथि बनाउदै एउटा मुकाम सम्म यो जिन्दगिले पाइला चालिरहेको छ,,जिन्दगिमा एक सुन्दर सपना बोकेर पाइला चाल्दा चाल्दै होसियारिलाइ अगाडि बढाइ आफ्नो लक्ष्य निर्धारित गर्ने होडबाजिमा पनि किन हो किन एक अनयासै रोकावट को सामना गर्नु पर्दो रैछ,यस्तै दु:ख पिडा सँग जुध्दा जुध्दै पनि जिन्दगिमा नसोचेको हुदोरैछ अनि मनको आशा टुटेर जान केहि बेर पनि लाग्दो रैनछ, यस्तै क्रमको यो सानो मेरो जिबनको घटना तपाइ सामु पोखन गइरहेको छु ,,
हुन त यो मेरो घटना पुरानि त होइन यहि 2 साल पहिलेको हो बस 2 साल पहिलेको,,जुन टाइममा म कलेज अध्यनरत थिए जहाँ हामि दाजु भाइ सँग बस्थेउ एक दिनको कुरा हो साथिहरु बिहान सबेरै उठेर नुहाधुहाइ सकेर दाजु भाइ मिलि भगवानको दर्शन गर्न गुयौ,बिन्धबासिनि माइ को मन्दिर हामि बसेको ठाऊ बाट धैरै टाढा छैन,मन्दिर पुगि भगबानको दर्शन गरियो,,अनि भगबानको टिका र आशिर्वाद लिएर,,हामि रुममा फर्कियौ,अनि म चिया नास्ता बनाउन तिर लागे,नास्ता तयार गर्ने क्रममा मेरो निधार बाट अचानक एकाएक अक्षता खस्नपुग्छ । अचानक यसो हुदा म झसङ्ग झस्किए,अलालिए, मनमनै डराइरहे, आज भन्दा पहिला त यस्तो भा थिएन एक्कासि यो के भयो भन्ने सोच्दै रहे मनमा एक प्रकार को खुलदुलिले सताइरहयो, म डराइरहेको थिए,आज मेरो जीवनमा केहि हुनेछ ,कहि नराम्रो केहि हुने त होइन भन्नि सोच्दै अनेक कुरा मनमा खेलाउदै समयलाइ बिताइरहेको थिए।यत्तिकैमा दाइले मलाइ चिया नास्ता गर्ने भन्नु भयो हामि दुइ मेलेर नास्ता लियौ अनि आफ्नो पढाइलाइ अघाडि बढायौ ,किन किन मलाइ बिहानिको त्यो घटनाले केहि गर्ने मन लागिरहेको थिएन। हुनत हामि आज खुशि थियौ एक महिना पछि घर जादै थियौ, तर बिहानको घटनाले तितो महसुस भैरहेको थियो,मन डुलिरहेको थियो स्थिर थिएन।मनलाइ जति समाल्ने कोसिस गरेपनि कता कता मनमा काडाँ बिजे जस्तो भान भैराको थियो।
दु:ख पिर त यो जिन्दगिका साथि थिए तर पनि यो बेदना भन्दा त्यो अनयासै घटेको घटनाले पिरोलिरहेको थियो। आज किनकिन खुशि भन्नि चिज म बाट लुटिएको हो कि जस्तो लागिरहेछ, यस्तै यस्तै नरमाइला मनका बेदना मन भरि बनाउदै दिन बितेको थाहा नै भएन, आज म कलेज पनि गइन,मेरो दाइ कलेज बाट आउनु भयो, अनि उहा घर जाने तुयारिमा लाग्नु भयो।। एक छिन पछि हामि दुइ रुम बाट निक्लियौ,अनि बस स्टेण्ड तिर लागियो,,बस टेसनमा पुगेपछि बसमा चढ्यौ एक छिन पछि बसले आफ्नो गति लियो,,म एक धुनमै बिलिन भइसहेको थिए,,एक्कासि बसले ब स्टपमा लगेर ब्रेक लगाउदा पो म झस्किन पुगे,मलाइ सपना जस्तै लागि रहेको थियो । बाटो कति खेर काटिएछ थाहै भएन,दाजुले चल भनेपछि पो म झसन्ग भए म आफु आफु मै सरमाउन पुगे होइन के भा छ मलाइ आज भनेर । बसबाट उत्रिए पछि मेरो गाउ जान 1 घन्टाको पैदल यात्रा गर्नुपर्छ हामी एकछिन चिया नास्ता गर्न होटेल मा पस्यौ 5,10 मिनेट पछि घर को बाटो लागियो,,बाटोमा घरि घरि दाजुभाइमा कुरा हुन्थ्यो नत्र म मेरो सुरमै हुन्थे,उहि कुराले छटपटाइरहेको थियो। ...................

3 comments:

Umesh Gajurel October 23, 2009 at 9:44 AM  

सर यो पोस्ट पुरा पढ्न मन लाग्यो, छिटो राख्नु है

Anonymous March 13, 2010 at 2:29 AM  

sar arko pris chhitai rakanu hai

krishna June 8, 2010 at 4:38 AM  

like it ...

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP