Friday, October 02, 2009

""सोचेकै थे आफ्नै भनि धोका तिमले दियौ किन,"""झुटो कसम ब्यर्थै पिलाइ नाता तिमले तोड्यौ किन।।""

सोचेकै थे आफ्नै भनि धोका तिमले दियौ किन,
गल्ति थियो मेरै आखिर बाँचा कसम भुल्यौ किन।।
सँगै बाच्ने सँगै मर्ने कसम आज कसिङ्गर भयो किन,
झुटो कसम ब्यर्थै पिलाइ माया मारि गयौ किन।।

आफ्नै भनि सोचेकैथे तिमले अर्कै सोच्यौ किन,
आफ्नो भन्नु पर्दैन भो नाता तोड्यौ तिमले किन।।
के गल्ति भो मेरो आज तिमले पराइ सोच्यौ किन,
नसोचेको नसम्झेको हुन गयो आज किन ।।

सँगै जिउने कसम आज झुटो साबित भयो किन,
दिएकै थे चोखो माया लत्याएर गयौ किन।।
संसारकै प्यारो सोच्थे देखाबटि गर्यौ किन ,
पर्दैन भो आफ्नो भन्न भनि गयौ तिमले किन।।

मर्नु बाँच्नु बनाइ छाड्यौ खेल हो,दुई दिनको सम्यौ किन,
मुटु मेरो जल्छ सधै कमजोरिमा फसे किन ।।
प्यारको खेललाई सम्झौ तिमले मनोरञ्जन आज किन,
झुटो कसम ब्यर्थै पिलाइ नाता तिमले तोड्यौ किन।।

3 comments:

तुफान शान्त (जीबन श्रेष्ठ) October 3, 2009 at 7:21 AM  

राम्रो, सुन्दर, मिठो छ ....
चियर्स....!!!!

Unknown October 6, 2009 at 10:04 PM  

Really very nice.........

Unknown December 30, 2009 at 10:51 PM  

sarai ramro lagyo

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP