Tuesday, September 29, 2009

""आफ्नै भुमि फर्किउ क्यारे,आज मलाई यस्तो लाछ।""

जति टाढा भएपनि,
माया आखिर देशकै रैछ।
गुलामिले सिमा नाघ्यो,
मर्नु बाच्नु जस्तै भैछ।

माया भन्ने चिज कस्तो,
छोड्नु पर्दा कस्तो भैछ।
जिन्दगिको लामो यात्रा,
एक्लै काट्नु पर्ने रैछ।

भौतारिएर हिड्छु मत,
पानि बिना बाँच्नु रैछ।
संसारको रितै कस्तो,
दु:ख भोग्नु मात्रै भैछ।

यता हेर्छु बिरानै छ,
उता हेर्दा उजाड रैछ।
आफ्नै भुमि फर्किउ क्यारे,
आज मलाई यस्तो लाछ।
Read more >>

""माया दिने आमा घरमा मत छु परदेशमा,सम्झि सम्झि रुन्छु मत बुबाआमाको यादमा,""


लेखिदियो भाबिले दु:ख पिर मर्का,
गरिबिको डोरिले कस्यो क्यारे पक्का।
सम्झि सम्झि रुन्छु मत बुबाआमाको यादमा,
हरपल गाँउकै सम्झना छ देख्छु फोटो रातमा।

आमा भन्न रहर लाछ कसलाइ भनम खोइ,
किन्न पाए किन्नि थिए यो मुलुकमा यस्तो को छ खोइ।
एक्लै एक्लै दिन काट्दा पोल्छ मेरो छाति,
कहिले काहि सोच्छु मत मर्छु क्यारे राति।।

माया दिने आमा घरमा मत छु परदेशमा,
बस्नुपर्यो माया बिना तड्पिएर बिरानो यो मुलुकमा।
गरम हावा पनि आजकल ठण्डा जस्तै लाछ,
झिलिमिलि संसार भन्दा आफ्नै गाँउ प्यारो भाछ।

सबै थोकको सुबिधा छ खाँचो छ यहाँ एक,
मागेरनि नपाइने किनेरनि नपाइने यस्तो यहाँ के छ।
माया भन्दा ठुलो चिज मत देख्दिननि यहाँ,
ममतामा डुब्न मन लाछ जाउ साथि आज म कहाँ ।।
Read more >>

Monday, September 28, 2009

""जान्नै पर्ने कुराहरु ""

अर्थ बिना को शिक्षा के काम!
गुण बिना को रुप के काम ।
मेहनत बिना को फल के काम!
माया बिना को संसार के काम।
सपना बिना को उद्देश्य के काम!
इज्जत बिना को मान्छेके काम।
प्यार बिना को माया के काम!
पैसा बिना को PURSE के काम।
भोक बिना को भोजन के काम!
त्यस्तै त्यस्तै FRIENDSHIP बिनाको दोस्ति के काम।
Read more >>

Sunday, September 27, 2009

""यात्रा हुन्छ अलग अलग,गन्तब्य एकै भएपनि।।तोड्नुपर्छ मनको मोह,जिन्दगिले साथ छोडेपनि,""

केहि छ भन्छु नाङ्गै छ,
माया मोह सबै भङ्गै छ।
समाल्न साह्रै कठिन छ,
तर कोसिस जारि राखनु
अबश्य चरम चुलिमा पुग्नुहुनेछ।

यात्रा हुन्छ अलग अलग,
गन्तब्य एकै भएपनि ।
तोड्नुपर्छ मनको मोह,
जिन्दगिले साथ छोडेपनि,

जिन्दगिको यात्रा सँगै,
केवल सपना सपनै छ।
हरेस नखानु हजुर,
केहि गरेर देखाउनु छ।।

सबै हामी समान सोचि,
यात्रा गर्नु हरपल,
बुबाआमाको आशिर्बाद,
सोच्ने गर्नुस पलपल ।।

गरे के हुन्न साथि,
सोच्नुस भगबान छन माथी।
अबश्य सफल हुनेछ यात्रा,
भरोसा मा जिउन सिकौ साथी ।।
भरोसा मा जिउन सिकौ साथी ।।""
Read more >>

"जिन्दगिको यात्रा सँगै "


जिन्दगि को यात्रा सँगै यो जिन्दगिले कहिले कोल्टो फेरेछ थाहै भएन ।एक्कासि 21 औँ बसन्तको पारीमा रुमलिदै यो जिन्दगिको यथार्थताको बारेमा जिन्दगिको अर्थ खोज्दै एक अन्जान बाटोको यात्री बन्दै,सपनाको धरहरालाई अग्लाउदै,प्यारा बुबाआमा को आशिर्बादलाई पछ्याउदै जिन्दगिको यात्रा पुरा गर्न यो एकल यात्री दैडिसहेको छ,केबल दैडिरहेको छ।सोच्छु,जिन्दगि अपरमपार छ। यो जिन्दगिको लिला साच्चै एक जन्जालले घेरिएको,यसको बारेमा सायद कमै ब्यक्तित्बलाई थाहा होला हुनत सबै मानिस यसको खोजिमा भौतारिरहेका हुन्छन तर यसको चरमचुलिमा पुग्न कठिन छ कठिनताको कारण मानिस यात्रा बिचैमा तोड्न पुग्छ। यहि कठिनतालाई चिन्नु छ। यसको सार्थकताको गुद चुम्नु छ , तर कसरी ? यो प्रश्न चिन्ह हाम्रो यात्रालाई रोकिदिन्छ तर साथिहरु जिन्दगिको यात्रा सँगै हामी मानब भएर पृथ्विमा जन्म लिइसकेपछि हाम्रो कर्तब्य हुन्छ उ पुरा गर्नु छ जो यस यात्रामा तपाइ एक्लै हुनुहुन्छ,यात्रा तपाईकै,निर्णय तपाईकै,सबै तपाईकै मात्र साथ बुबाआमा को ।।। जिन्दगिमा और धेरै गर्नुछ,नाम रोसन गर्नुछ,हरेशलाइ पछडि छोड्नुस,मोहलाइ त्याग्नुस,प्यारलाई साथदिनुस,यात्रा तपाई हामिकै हो सफल हुनुपर्छ,बिचैमा नतोड्नुहोस,

"यात्रा हुन्छ अलग अलग,
गन्तब्य एकै भएपनि ।
तोड्नुपर्छ मनको मोह,
जिन्दगिले साथ छोडेपनि,

जिन्दगिको यात्रा सँगै,
केवल सपना सपनै छ।
हरेस नखानु हजुर,
केहि गरेर देखाउनु छ।।"
Read more >>

""खाँदा खेरि गल लाग्थियो,सोच्थे तिमले समझेउ सानु।।""""घात गरेउ आज मलाई,मर्नु बाच्नु भयो सानु ।।""

उबेला मा प्यारो लाग्यो,
जोडे नाता मैले सानु।
सोच्ने गर्थे सधै मैले,
मैले आज पाए सानु।।

माया पनि कस्तो कस्तो,
छोड्न गाह्रो किन सानु।।
तिमी भनि बस्दा पनि,
बिश्बास किन गरिनउ सानु।।

चोखो माया दिउला तिमलाई,
भनेकै थे मैले सानु।।
आखिर दोस के भयो मेरो,
लत्ताएर गयौ सानु।।

खाँदा खेरि गल लाग्थियो,
सोच्थे तिमले समझेउ सानु।।
घात गरेउ आज मलाई,
मर्नु बाच्नु भयो सानु ।।
Read more >>

Saturday, September 26, 2009

""म रोएको देख्दा खेरी,साथमा आँसु झार्यौ किन।""

दिनु थियो धोका आखिर, माया जालले बाध्यौ  किन।। झुटो कसम ब्यथै पिलाई, बिच बाटोमै छोड्यौ  किन।। साथ दिन्छु तिमलाई सधैँ, भनि माया गास्यौ  किन।। पहिले एकै मुटु सोच्ने , आज कुल्चिएर गयौ  किन।। म रोएको देख्दा खेरी, साथमा आँसु झार्यौ  किन। पानि बिनाको माछा सरि, बनाई छाड्यौ  आज किन।। दु:ख पिडा पर्दा खेरी, मलम लगाई गयौ  किन। । टुटि सकेको सपना लाई, ब्यथै बल्झाई गयौ  किन।। ब्यथै बल्झाई गयौ  किन।।।
Read more >>

नेपालीहरुको महानचाड बडादशैँ २०६६को उपलक्ष्यमा सुख, शान्ति तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना...!!!!!!!!!!

"बिर्से हुन्छ दु:ख पिडा अनि सारा ब्यथा। लिई आयो सारा खुशी दशैं हाम्रो साझा। बडा दशैंको यहि छ सबैलाइ सुभकामना। छाओस हर्श र उमङ्ग पुरा होउन मनोकामना।"
Read more >>

Friday, September 25, 2009

""अनि उनलाई कसैले बोलाए को आवाज आयो,""

उकालि ओरालि चढ्दै,एक,
अन्जान बाटो मा जादै थिए,
अचानक उनि सँग भेट भयो,
उनलाई देख्दा हेरेको हेरै भए म त,
सोचे स्वर्ग कि अप्सरा यहाँ,



एकोहोरो हेदै थिए एक छिन पछि,
मेरो शरिर ले केहि महसुस गर्यो,
म अचानक झस्किन पुगे ,
हेर्दा त उनि मेरो सामने थिइन,
उनि मलाई कोट्याउदै,हजुर
के हेर्नु भा हो,कतै जानि बाटो भुल्नुभयो कि,


मैले भने नई नई म सोच्दै थिए कि,
यो गाँउ मा परि पनि छन ।।
नबुझे झै (मुस्कुराएर)गरि ह के भन्नु भो,
मैले पनि केहि हैन भनि दिए ।।


एक छिन कति मिठा बात भए,
अनि उनलाई कसैले बोलाए को आवाज आयो,
उनि पछि मिल्ने बाचा गर्दै ,

टाढा टाढा सम्म फर्कि फर्कि बाइ बाइ को,
संकेत दिइरहिन दिइरहिन ।
मैले पनि बिदाइ को हात हल्लाईरहे हल्लाईरहे,
Read more >>

""कति गर्नु एक्लै यात्रा एउटी सँगी चाहियो साथी""

कति गर्नु एक्लै यात्रा एउटी सँगी चाहियो साथी
एक्लै हिँड्दा जिन्दगीमा धेरै हन्डर खाइयो साथी ।
युगल जोडी सँगै देख्दा इर्ष्या हुन्छ कताकता
मयालुको न्यानो काखको तिर्खा हुन्छ कताकता ।
क्षितिज पारि एक्लै बसी एउटा गजल कोरुँ लाग्छ
मुटुभरि माया दिई उनको मन चोरुँ लाग्छ ।
शीतल सरस चन्द्र जस्ती चन्द्रमुखी खोज्दयौ मलाई
ढकमक्क फूल जस्ती रुपवती रोज्दयौ मलाई ।
शीतल सरस चन्द्र जस्ती चन्द्रमुखी खोज्दयौ मलाई
ढकमक्क फूल जस्ती रुपवती रोज्दयौ मलाई ।।
खोज्दिन त हुन्थ्यो साथी तिम्रो detail पाए देखी
कि तिमी जस्ताइ कबैयत्री खोजिदिये हुन्छ साथी
कबिता ले मात्र साथी पैदाइन रैछ साथी
अर्कै idea लाये देखी कस्तो हुन्थ्यो होला साथी
Read more >>

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP