Friday, November 06, 2009

।।माता पिता।।

""सर्व तीर्थ मयी माता,सर्व देव मय: पिता ।
मातरं पितरं तस्मात्सर्व यत्नेन पूजयेत् ।।""


संसार यस्तो ठाउँ हो जहा असं‍भव भन्नि केहि चिज हुदैन तर मलाइ लाग्छ त्यो दुनियामा केहि चिज छ जो किनेर नि नपाइने ,मागेर नि नपाइने ,, यि चिज प्रमुख त प्यारा "माता पिता" अनि "समय"
 माता पिता भनेका हाम्रा ईश्वर हुन् ,अन्नदाता हुन्। उनको नजरमा सबै बराबरि हुन्छन कोहि काखा तो कोहिलाइ पाखा भन्नि चिज माता पिता को शब्दकोस मानै नहोला । माता पिता लाई जस्तो सुकै दु:ख परेपनि हेला गर्नु हुदैन,,हाम्रो समाजले बुढाबुढि भएपछि हेला गर्ने,,नराम्रो ब्यबहार गर्ने,भोकमा खान नदिने,बिरामि पर्दा घिन मान्ने  गरेको कयौ घटना म देख्दै आएको छु । मलाइ लाग्छ यो सरासर गलत हो ,हाम्रा इश्वर समान माता पिता को सेबा गरेमा नत धर्मको लागि मन्दिरै जानु पर्छ नत तिर्थ घरमै हुनुहुन्छ भगबान उहाँहरुलाइ सेबा गरे,पुजे, नराम्रो नबोले, राम्रो सँग रेखदेख गरे भगबान आफै खुशि हुनुहुनेछ ।। अनि बरदान दिनुहुनेछ।।।
दुर्ब्यबहार,बचन,हेला यि ईश्बरका मन नपर्ने चिज हुन यसलाइ जिबन बाट टाढै धकेलौ ।।बस भगबान खुशि हुनेछन अबश्य ।। घरका ईश्बर चिनौ सबैले ।।बस


सर्व तीर्थ मयी माता,सर्व देव मय: पिता ।
मातरं पितरं तस्मात्सर्व यत्नेन पूजयेत् ।।
Read more >>

Wednesday, November 04, 2009

।।महामृत्युंजय मंत्र।।



ॐ हौ जुं स: ॐ भूर्भुव: स्व:
ॐ त्र्याम्बकं यजामहे सुगन्धिम्पुष्टिवर्द्दनम्।
उर्व्वारुकमिच बन्धान्मृत्योर्मुक्षीय मामृतात्।।
ॐ स्व: भुव: भु:स: जूं हौं ॐ ।।
Read more >>

।। स्तुति: ।।


वक्रतुंड महाकाय सुर्य कोटि संमप्रभ:।
निर्विधन कुरु मे देव कार्येषु सर्चदा।।
या कुनन्देनन्दु तुषारहार धवला या शुभ्र वस्त्रावृता।
या वीणा वरदण्ड मण्डितकरा या श्वेत पदमासना।।
या ब्रम्हाच्युतशंकर प्रभृतिभिर्देवै सदावन्दिता।।
सा मां पातु सरस्वति भगबति नि:शेष जाड्यापहा।।

साजिव नैन धरे धनु सायक।भगत विपत्ति भजन सुखदायक।।
मंगल भवन अमंगल हारी।द्रवहु सो दशरथ अजिर बिहारि।।

जनक सिता जनजननि जानकि। आतिशय प्रिय करुणा निधान की।।
ताके जगपद कमल मनावऊँ।साजु कृपा निर्मल मति पावऊँ।।

प्रनवउ पवन कुमार,रख बन पावक गानघन,
जासु हृदय-आगार बसहिं राम शर चार धर।
कुन्द इन्दु सम देह उमा रमन करुणा अयन,
जाहि दीन पर नेह करहु कृपा मर्दन मयन।

Read more >>

Tuesday, November 03, 2009

।।गायत्री मंत्र।।


ॐ भूर्भुव: स्व: तत्सवितुवरेण्यं भर्गो देवश्य धीमहि
धियो यो न: प्रचिदयात्।।ॐ नम:।।
Read more >>

"प्रदेशमा भएनी"


नेपाली हामी नेपाली'भै नसोचौ
पराई जो जहाँ रहेनी।
नेपालको माया औधी छ हामीलाई
प्रदेशमा भएनी।
प्रदेशमा बसी फूलेका सृजना
नेपालमा लगी सारौला।
जन्मेको भुमी भुलेका कहाँ छौ
धर्ति माता लाई सिङ्गार्न पुगौला।
उघारी हेर मनको पर्दा नेपालको
माया सबैको मुटुमा छ।
फुलाउन सके विश्वाश सबैमा नेपाल
हाम्रो स्वर्गनै बन्द छ।
Read more >>

।। गुरुमहिमा।।


गुरुब्रम्हा गुरुबिष्णु: गुरुदेबो महेश्चर:।
गर: साक्षात् परंब्रम्हा तस्मै श्रीगुरवे नम:।।
अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम् ।
तत्पदं दर्शित येन तस्मै श्रीगुरवे नम:।।
ध्यानमुलं गुरो:मूर्ति: पुजामुलं गुरो: पदम्।
मन्त्रमुलं गुरोवाक्यं,मौक्षमुलं गुरो: कृपा।।
Read more >>

Monday, November 02, 2009


















Read more >>
Read more >>

Saturday, October 31, 2009

"परदेशि जिवन"

(परदेशि)

       कोहि दिन सोच्ने गर्थे परदेश भन्नि कस्तो होला,के त्यहाँ जान पाए साच्चिकै लाइफ बन्छर ? के त्यहाँ पैसा फल्नि बोट हुन्छर ? यस्तै सोचाइले मन सधै भारि हुन्थियो । म पनि राम्रो मान्छे बन्थे होला त्यहाँ गयता। गाउँ परिबार को हाइ हाइ बनिन्थ्यो होला,गाउँले दाजु भाइ परदेशबाट आउदाँको छाँटकाँट,, फु गरेपनि ठल्नि जस्ता मान्छे,हेर्दा नचिनिनि भएर आउदाँ,अनि सोच्थे एक पटक मात्रै जान पाए भन्नि सोचाइ लिएर एक सुनौलो सपना बोकि यो जिबनको अनौठो  यात्रा गर्न पनि बेर लागेनछ।
यो जिबनले पनि कहिले कोल्टो फेरेछ खै थाहै भएन,गरिबि जिबनलाइ उकास्ने सुरमा अचानक परदेशि जिबन जिउँदा पो थाहा पाए। संसार को लिला के हो भन्नि,बास्तबिकताको दुनिया कस्तो रैछ भन्नि । हो सपनाको परदेश र बिपनाको परदेश एकदम भिन्न लाग्यो मलाइ जो मैले सोच्ने गर्थे, अनि राम्रा राम्रा सपना बुन्ने गर्थे उ बेला । बुढा हजुरबुबाआमा हरु भन्नु हुन्थो" कित परेकाले जान्दछन कित पढेकाले"" साच्चैनै यो शब्दले मेरो मनको एक छेउ लिएको छ अनि यस्तै यस्तै कुरा मनभरि खेलाउदै जिबन जिउन बाध्य भैरहेको छु यो टन्टालापुरे घाम को अनि यो मरुभुमिको तातो हावामा ।।
बिपनाको परदेशको कुरा गर्नु पर्दा मत यो दुनियालाइ बेग्लै ठान्दछु,यहाँ त बाउ खाँदो रैछ पेट भरि छोरो हेर्छ भोकले बाउले खाँको टुलुटुलु, अनि छोरो खादाँ बाउले हेर्नुपर्ने टुलुटुलु ,कति अजिव जस्तो छ यहाको दुनिया ।
कोहि कसैको कुरो सुन्ने फुर्सदनै हुदैन।सबै आफ्नो आफ्नो धुनमा,,छोरो मरेको पनि थाहा छैन बाउ बिमार भको पनि थाह छैन ,एकसुरे जस्तो जिवन रैछ, मलाइ त कता कता लाग्छ,जस्तो सुकै दु:ख कष्ट भएपनि आफ्नै गाँऊ ठाँउनै ठिक। जे भएपनि आफ्नै गाँउमा माया र ममता प्रशस्त छ जस्तो लाग्छ ।।

गाँउ घरकाले सोच्दा होलान,ल फलानाको छोरो कमाउनि भो,के सम्झिन्थ्यो । पैसा को पछाडि लागेपछि के आफ्ना के पराइ सबै तोड्दा रैछन भन्दा होलान। आफु नमरि स्बर्ग देखिदैन भन्छन ति घरमै बसेका बुबाआमा हरुलाइ के थाहा,परदेशको हालत,यहाको परिपाटि ।। हो उनि हरुको सोचाइ पनि म गलत सोच्दिन ठिक  हो ,तर गाउँ परिबार आफ्नाको सम्झना त किन हुदैनर सम्झना मनमै खुम्चाएर राखनु पर्दो रैछ यहाँ,माया ममतालाइ भूल्नु पर्दो रैछ यहाँ काम नगरि सुखै नहुनि ,भो आज स्वास्थ्यलाइ ठिक छैन भोलि गरमला काम भन्न नपाइनि, जति दु:ख भएपनि मरिमेट्नै पर्नि उफ यो कस्तो दुनिया हो ?
बिरामि पर्दा तातो पानि पनि तताएर दिनि मान्छे नहुदाँ मन त यति त रुदैन, सकि नसकि आफुले नै गर्न पर्ने ।
आफुले नबाले चुलो बल्दैन । ला आज तलाइ सन्चो छैन म बनाइ दिन्छु खाना त सुत भन्नि मान्छे त कहाँ हो कहाँ ओइ कस्तो छ भनेर बोलाउने मान्छे समेत हुदैनन् । अनि यहि देशका मान्छेको परदेशिहरुलाइ हेर्नि नजर पनि अलग हुदो रैछ , को हो को हो जस्तो गर्नि,जति लडारिएर मडारिएर बसेपनि यहाँका मान्छे सँग परदेशि परदेशि नै हुदो रैछ, आखिर एक्लो ।
दुइ पैसा कमाइ केहि गरौला भन्नि सोच पनि परदेश को हाबाले त्यतिकै उडाइदिदो रैछ। बुढेसकालको साहरा होलान छोराछोरि भन्दा बाउआमा सँगै चाहरा माग्नि अबस्थामा भको म परदेशि लाइ देख्दछु।
हरपल गाँउ परिबार को यादले मन छटपटाइरहदा कति खेर जाम जस्तो हुनि यो मन,,सधै सधै यो उडेर गाउकै सपना मा बिलिन हुन्छ।। बाआमा कस्तो हुनुहुन्छ होला? काका काकि को के खबर छ होला ? पल्लाघरे दाइभाइ,उपल्लो घरकि हजुरआमा ,,बहिनिहरु,,कस्ता होलान के गर्दै होला ? फलानो के गर्दै होला फलानि के गर्दै होलि ? गाँउमा नयाछ के हुदै छ होला ? यस्तै यस्तै कुराहरु यँहाका दिन काट्ने साथिहरु हुदा रैछन। मन किन हो किन एकोहोरिरहन्छ । जे भएपनि काम त गर्नै पर्ने । काम नगरि खान कहाँ पाइन्छर ।जे पर्दा पनि लदिन पर्छ यहाँ।। उफ कहिले काहि त मनमा गाँठो परेर आउछ यहाको चलन देख्दा,, धेरै चोटि रोएको पनि थिए बाबुआमाको यादमा तर रोएको पनि सुनिदिने कस्ले आँखाको आँशु आँखैमा सुकाउनु पर्ने। आमा भनेर बोलाउन मन लाग्दा बोलाउन पाइएन ।यहाँ।
जस्तै भएपनि परिबारको काखमा रामाउन कसलाइ मन छैनर,यो दुनिया स्बार्थि भनौ कि के भनौ, जे गरे पनि राम्रो हुदैनहुने।बाध्यता त मजबुरिले गर्दा बिरानो मुलुकतिर पाइला नचालि नहुने, उहि पैसा को कारण सबैथोक त्यागि पराइ घर सिघार्न पर्ने,किन हो किन यो दुनियाले पैसालाइ नै ठुलो देखेको होला सोच्छु तर के गर्ने जता जाउ त्यहि उइ पैसा यो बिना त केहि गर्छु भन्दा पनि नसकिने कस्तो जमना होला यो सोच्दा सोच्दै मान्छेलाइ पागल बनाइदिन्छ ।

मलाइ त यस्तो लाग्दै छ, जस्तो सुकै होस जति दु:ख गर्न परेपनि आफनै गाउलाइ सिघार्नि मन छ तर मन भएर के गर्नि धनलाइ अगाडि नलगिन्जेल सम्म केहि नहुनि उफ ,एक मन त भो मत जान्छु परदेश भन्नि यस्तै रैछ भन्नि सोच्छु फेरि एकछिन पछि मन बदलिन्छ भो जानु हुदैन, घर गएर पनि  केहि गर्न सकिएन भने मेरो एक्लो जिबन त जहा गएर भए पनि पालुला तर घर परिबार पनि हेर्न पर्यो नि भन्नि सोचाइले खिचेर फेरि यहिको दुनियामा रमाउने कोसिस गर्ने सोच्छु तर मनले मान्दैन ।
मत सबै मेरा साथिभाइलाइ यो भन्न चाहन्छुकि ढिडो रोटो जस्तो भएपनि घरकै खाउ,दु:ख जति परेपनि परिबार सँगै बाड्दै जिउ तर परदेश जानि दुइ पैसा कमाउनि सोचाइ लाइ बदलौ मान्छेको जातलाइ जति भएपनि थोरैनै हुन्छ त्यसैले संतोष ,धैर्य लाइ कहिल्यै नतोडम भन्छु म त ।बरु भगवान सँग प्रार्थाना गरौ कि भगबान अहिले जस्तो जिइ रहेको छू उस्तै सँधै भइरहोस यहाँ भन्दा तलनि जान नपरोस र यहाँ भन्दानि माथि पनि नलगिदेउ भनौ यो लोभको घैटोमा जति पानि हालेपनि भरिदैन ।
बरु आफ्नै गाँउमै केहि गरेर देखाउनि सोचाइ बनाम तर पैसाको आशमा परदेशलाइ नरोजम ।।बस साथि ।बस
यहि हो यो म मात्रै होइन सबै परदेशिको बेथा ,परदेशिको बेथा ।
Read more >>

Friday, October 30, 2009

दया धर्म हाँसो खुसि, जीवनका पौरख हुन।




मुटु भरि पिडा भए पनि


सबको सामु हास्नु पर्छ


हाँसि खेलि बिताउ जिवन,


राम्रो नाता गास्नु पर्छ।






यो संसार यस्तै हो,


गाह्रो हुन्छ बाच्न,


जान्नु पर्छ हामिले।


हासो सँग बाच्न।






दया धर्म हाँसो खुसि,


जीवनका पौरख हुन।


चिन्ता लिनु राम्रो होइन,


चिन्ता पिडा मन जलाउने यन्त्र हुन ।।


Read more >>

[ JUST FOR YOU ]


[ JUST FOR YOU ]

0 % I hate U,
10% So nice U,
20% Cute U,
30% So kind U,
40% So need of U,
50% Found of U,
60% My deal U,
70% I want U,
80% I miss U,
90% I like U,
100% I love you.....
Read more >>

कैसे बचें स्वाइन फ्लू से?

स्वाइन फ्लू से सबसे ज्यादा खतरा है पांच साल से छोटे बच्चों। गभर्वती महिलाओं, मधुमेह और दिल की बीमारी से पीड़ित लोगों को लेकिन थोड़ी से सावधानी से स्वाइन फ्लू को दूर रखा जा सकता है।

अगर यह बीमारी हो भी जाए तो घबराने की जरूरत नहीं है। स्वाइन फ्लू से निपटने के उपाय और इसे कैसे पहचान की जाए?

- स्वाइन फ्लू का बुखार आम बुखार की तरह ही है।
- तेज बुखार के साथ जुकाम, गले में दर्द, खांसी हो सकती है।
- आम फ्लू और स्वाइन फ्लू में अंतर करना मुश्किल है।
- सांस की तकलीफ होने पर गम्भीर हो सकती है।
- बलगम के साथ खून आने पर तुरंत अस्पताल जाए।
- शुरुआत में आम बुखार की दवाई से ही स्वाइन फ्लू ठीक हो सकता है।
- बुखार 3 दिन बाद भी कम नहीं होने पर टेस्ट करवाएं।
- भीड़ वाली जगहों पर जाने से बचें।
- साफ-सफाई का ख्याल रखें, बाहर से आने पर हाथ जरूर धोएं।
- स्वाइन फ्लू का पता चलने पर ही टेमीफ्लू दवाई लें।
Read more >>

स्वाइन फ़्लू के लक्षण और बचाव के तरीके

भारत में स्वास्थ्य विशेषज्ञों का कहना है कि बरसात के इस मौसम में अक्सर फ़्लू संबंधी बीमारियां होती हैं, लेकिन ये न माना जाए कि बुख़ार आना या नाक बहना स्वाइन फ़्लू के लक्षण ही हैं. जानिए स्वाइन फ़्लू से बचने के तरीके.:-

#स्वाइन फ़्लू के लक्षण: बच्चों में.
-
-सांस लेने में तकलीफ महसूस करना.

-त्वचा के रंग में हल्का सा नीलापन.

-बुखार में उतार चढ़ाव लेकिन कफ़ का बढ़ना.

-इन लक्षणों के साथ बच्चों में चिड़चिड़ाहट होना या उनका पानी या दूसरी चीज़ें पीने से परहेज़ करना.



#वयस्कों में स्वाइन फ़्लू के लक्षण:

-सांस लेने में तकलीफ, छाती में भारीपन.

-जी मचलना, उल्टी आना या ऐसा महसूस करना.

-शरीर में दर्द के साथ बीच बीच में बुखार आना.

-अचानक सिर घूमने जैसी स्थिति महसूस करना.

-इन लक्षणों के साथ बार बार भ्रमित होना.



#कैसे करें स्वाइन फ़्लू से बचाव:

भीड़ भाड़ वाली जगह से लौटने के बाद पहले हाथ और फिर मुंह धोएं.

डॉक्टरों का कहना है कि खांसने या छींकने या नाक साफ करने के बाद अपने हाथ आंख, नाक और मुंह पर कतई न लगाएं. शरीर के ये हिस्से सबसे ज़ल्दी फ़्लू की चपेट में आते हैं. सावधानी के लिए समय समय पर हाथ धोते रहें.

रुमाल और इनहेलर जैसी चीजे़ बेहद साफ सुथरी रखें. साथ ही घर की सफ़ाई पर खासा ध्यान दें. छींकते और खांसते वक्त अलग रुमाल का इस्तेमाल करें. दो रुमालों को अलग अलग रखें.

मेज़, खाना बनाने की जगह, बाथरूम के फ़र्श और कोनों को साफ़ रखें. इन जगहों पर बैक्टरिया आसानी से पनपते हैं. सफ़ाई के लिए पानी के साथ कीटनाशकों का इस्तेमाल करें.

डॉक्टरों की यह भी सलाह है कि सिर दर्द, बुखार और जुकाम जैसे लक्षण होने पर खून की जांच करवा लें. और अगर आपके घर का कोई सदस्य फ़्लू से पीड़ित है, तो उसे घर के दूसरे सदस्यों से अलग रखें. उसके खाने के बर्तन अलग करने की तो ज़रूरत नहीं है, लेकिन इस बात पर ध्यान दें कि दूसरे सदस्यों के इस्तेमाल के पहले वे खूब अच्छी तरह से धुलें हों.

Thanks ,
keshav
Read more >>

तिमी विनाको एक्लो जीवन ,बाच्नु कती दिन। यही एउटा कुरासँग जीवन , दाज्नु कती दिन।।

तिमी विनाको एक्लो जीवन ,बाच्नु कती दिन।
खुशी बिनको खोक्रो हाशो , हास्नु कती दिन।।
तिमीनै त एक थियौ ,मेरो मनलाई बासदिने।
बिछोडमा तड्पी प्रेम , गास्नु कती दिन।।
सम्झीरहन्छ मेरो मनले ,तिम्रै तस्विर आँखाभरी।
कोमल मनलाई निठुर , बनाई भाच्नु कतिदिन।।
खुशीनै तिमीमेरो , तिमीनै सुर संगित पनि ।
ईतिहास सम्झी सम्झी ,नाच्नु कती दिन ।।
टाढा हुँदैमा चोखो माया , मर्दैन कहिलेपनी ।
यही एउटा कुरासँग जीवन , दाज्नु कती दिन।।
Read more >>

""हाम्रो माया""

तिम्रो ओठमा हाँसो नै हाँसो भए पनि
मेरा नयनहरु रुझेकै छन
तिमीले आफ्नो पाइला नदिको धारमा
परिणत गरेपछी
म....... आफु मरुभूमिमा अनुवाद भएको छु ,
अनी........ आँधीहुरिको बेगले हरियालीलाइ
पत्झडसरी बनाए झै
म पनि तिम्रो अभावमा
ओइलिएको पत्झड झै बनेको छु /
जब तिमी .... नै आगोको मुस्लो सरि रहिछौ
त र अनर्थ गरे मैले
आफ्नै मनको चुल्होमा फेरी आगो
सल्काउने प्रयास गरेर
त्यसैले त प्रिय............,
म आगोको ज्वाला बनेर सल्की रहेछु
पल.... पल,हर पल /
भूल रहेछ मेरो ,
चोखो माया दिए तिमीलाई
मेरो निरीहतासँग खेलवाड भयो यसरी
त्यसैले त आज.... म,
मुनाको मदन झै छट्पटिए पागलसरी .............,
सफलता कसरी सम्भव रहेछ र हाम्रो प्रेमको ?
जब कि ...... तिम्रो पाइला सुखको दोबाटोमा
हिंड्न खोजेपछी ?
सपना कसरी साकार हुने रहेछ र ?
जब .... तिमीले इन्द्रेणी सपना अङालेपछी /
म काडा माथि हिंडे पनि
तिम्रा पाइलाहरु सुकोमल मखमलीमा हिडिरहुन
म पत्झडको बिरानीमा हराए पनि
तिमी बसन्तको सुगन्धमा रमी रहनु /
Read more >>

बिपना बुझ्ने सज्जन जरुरी भो मेरोलागि


आदर्श हैन आसन जरुरी भो मेरोलागि

कर्तब्य भन्दा आर्जन जरुरी भोमेरोलागि


रजाई गरुं, मेरै ईच्छामा चलोस् सबै जना

सहयोगीकै दमन, जरुरी भो मेरोलागि !


जोरि खोज्नेलाई पाखा लाउने मनन गर्दैछु

कमजोरीको अध्ययन, जरुरी भो मेरोलागि !


अबैध धन्दा नत्र कसरि बिस्तार गर्ने ?

समाजमा बिचलन, जरुरी भो मेरोलागि !


जति दु:ख बढ्यो त्यति ढाढस दिन सजिलो

तिम्रो भाग्यमा रोदन जरुरी भो मेरोलागि !


शहीदहरुका सपना पूरा गर्ने ज्ञानी भेटिन

बिपना बुझ्ने सज्जन जरुरी भो मेरोलागि
Read more >>

तिमी भएर भुल्न सकिन सानु तिम्रो मायाले मर्न सकिन ।।


फुल भए फुलि दिन्थे सानु,
काँडा भएर फुल्न सकिन ।।
अरु भए भुलि दिन्थे सानु ,
तिमी भएर भुल्न सकिन।।

पिरति को नसै कस्तो सानु,
धोका पाएर पनि भुल्न सकिन।।
आज मलाइ के भयो सानु,
तिम्रो माया तोड्न सकिन।।

सक्छो भने सहारा देउ सानु,
एकपल्ट
तिम्रो मायाले तड्पिन सकिन।।
पासो लाई मर्न खोज्दा पनि सानु,
तिम्रो मायाले मर्न सकिन ।।
मर्न सकिन ।।।।।।।
Read more >>

तिम्रो आँशु मैले देखें मेरो आँशु तिम्ले देख्यौ,,जब मैले जान्छु भने तेहि आँशुले बाटो छेक्यौ।।


तिम्रो आँशु मैले देखें मेरो आँशु तिम्ले देख्यौ,
जब मैले जान्छु भने तेहि आँशुले बाटो छेक्यौ।।

किन कुर्छेऊ नकुर भो ओझेल पर्यो घामको छायाँ,
सम्झिदेऊ फुल्दाफुल्दै कतै झरयो हाम्रो माया्।।
तिम्रो ख़ुशी तिमी संगै भए खुशी हुन्थें म त,
तिम्रो पीडा बरु एतै रहे खुशी हुन्थें म त।।

तिम्रो माया मैले देखें मेरो माया तिम्ले देख्यौ,
जब मैले जान्छु भने तेहि मायाले बाटो छेक्यौ।।

कतिखेर ढल्यो साँझ कतिखेर पर्यो रात,
जति थाम्यो थामूँ लाग्ने नथाम भो मेरो हात।।
हेर्दा हेर्दै डराएर जून पनि लुक्ला फेरी,
लजाएर तिम्रो आखाँ मेरो सामू झुक्ला फेरी।।

तिम्रो तिर्खा मैले देखें मेरो तिर्खा तिम्ले देख्यौ,
जब मैले जान्छु भने तेहि तिर्खाले बाटो छेक्यौ।।
Read more >>

Thursday, October 29, 2009

""गरिबिको चपेटाले उठ्न गाह्रो भाछ। ,,उन्नति को शिखर चुम्न सकिन्न कि लाछ।


जिन्दगिलाइ साकार पार्न सकिन्नकि लाग्छ,
भाग्य पनि मेरो जिबनबाट किन दुर भाग्छ,,
कर्कला को पानि जस्तै जिबन मेरो भाछ,
उन्नति को शिखर चुम्न सकिन्न कि लाछ।

मलाइ आज बिपना को कुरा सबै सपना झै लाछ,
दया माया भन्ने कुरा आज कता गाछ,
कहिले होला यो मन मेरो शान्त भइ बाच्ने,
खालि यो मुटुमा कहिले होला माया साच्ने।।

गरिबिको चपेटाले उठ्न गाह्रो भाछ।
केहि गर्छू भन्दा खालि लात मात्रै लाछ।
माथी जान नादिने भो दुनिया स्वार्थि भछ,
दु:खै दु:खले आज मेरो आधि ज्यान गाछ।।
Read more >>

""(ल साथिहो तपाईहरु नै भन्नुस यो गर्दानि नहुने उ गर्दानि नहुने आखिर गर्ने के ? )यो दुनिया मा"


एकदिन को कुरा हो महादेव र पार्वति कुनै कारण बश यात्रामा जादै थिए,गाउँको बाटो हुदै,
सुरुमा एक गाउँको बाटो जादै थिए गोरुमाथि चढेर,,पार्बति साथमा हिड्दै थिइन,,अचानक एक गाउले ले उनि हरु जादै गरेको
देख्यो,,अनि अरुसगँ भन्यो ल हेर आफु मस्त गोरुमाथि चढेर पतनि लाइ हिडाउदै छ,,,यो बात महादेबको कान मा पर्यो,
अनि महादेवले पार्वतिलाइ पनि साथमै गोरुमाथी चढाएर,,हिडे,,जादाँ जादाँ दुसरा गाउँ आयो,,त्यो गाउँको बाटो हुदै जादै थिए,फेरि
एक गाउँवालाले :-राम राम राम कस्तो निर्दयि मान्छे,,बिचरा पशु दुइ दुइ जनाको भार कसरि खप्यो होला,,कस्ता दयामाया
नभका मान्छे हुदाँ रैछन,,भन्दै गरेको महादेबले सुने,तत्काल गोरु बाट तल झरेर,गोरु अगाडि लगाएर महादेब पार्बति पैदल
हिडे,,हिड्दै थिए,फेरि अर्को गाउँ आयो तेस्रा त्यो गाउँ हुदै जादै थिए बाटामा फेरि त्यहाँका गाउबाला को कुरा सुने:- ल हेर
यो साँडेलाई अगाडि लगाएर के गरेको होला,चडेर जान छोडेर किन पालेको होला फक्कैमा साडेलाई भन्ने सुने,,लास्टमा
महादेब सोचमा परे,यो कस्तो दुनिया हो यो गरेपनि नहुने उ गरे पनि नहुने आखिर गर्ने के त?(ल साथिहो तपाईहरु नै
भन्नुस यो गर्दानि नहुने उ गर्दानि नहुने आखिर गर्ने के ? )
Read more >>

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP