Thursday, October 29, 2009

""गरिबिको चपेटाले उठ्न गाह्रो भाछ। ,,उन्नति को शिखर चुम्न सकिन्न कि लाछ।


जिन्दगिलाइ साकार पार्न सकिन्नकि लाग्छ,
भाग्य पनि मेरो जिबनबाट किन दुर भाग्छ,,
कर्कला को पानि जस्तै जिबन मेरो भाछ,
उन्नति को शिखर चुम्न सकिन्न कि लाछ।

मलाइ आज बिपना को कुरा सबै सपना झै लाछ,
दया माया भन्ने कुरा आज कता गाछ,
कहिले होला यो मन मेरो शान्त भइ बाच्ने,
खालि यो मुटुमा कहिले होला माया साच्ने।।

गरिबिको चपेटाले उठ्न गाह्रो भाछ।
केहि गर्छू भन्दा खालि लात मात्रै लाछ।
माथी जान नादिने भो दुनिया स्वार्थि भछ,
दु:खै दु:खले आज मेरो आधि ज्यान गाछ।।

1 comments:

Anonymous October 29, 2009 at 11:48 AM  

कविता निकै राम्रो कविता । तपाईको जीन्दगीको विम्ब यथार्थपरक छ है ।
तपाईको ब्लग पनि निकै राम्रो लाग्यो । यसो चियाउँदै आएको सबै पढेर सिध्याए । अन्यथा नसोची दिनुहोला तपाईका पोष्टको शिर्षक चाहिँ अलि छोटो राखे सुनमा सुगन्ध हुने थियो । निरन्तरताको शुभकामना

ब्लगर भेटघाट अनि साहित्यिक गफगाफ

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP