Friday, October 30, 2009

बिपना बुझ्ने सज्जन जरुरी भो मेरोलागि


आदर्श हैन आसन जरुरी भो मेरोलागि

कर्तब्य भन्दा आर्जन जरुरी भोमेरोलागि


रजाई गरुं, मेरै ईच्छामा चलोस् सबै जना

सहयोगीकै दमन, जरुरी भो मेरोलागि !


जोरि खोज्नेलाई पाखा लाउने मनन गर्दैछु

कमजोरीको अध्ययन, जरुरी भो मेरोलागि !


अबैध धन्दा नत्र कसरि बिस्तार गर्ने ?

समाजमा बिचलन, जरुरी भो मेरोलागि !


जति दु:ख बढ्यो त्यति ढाढस दिन सजिलो

तिम्रो भाग्यमा रोदन जरुरी भो मेरोलागि !


शहीदहरुका सपना पूरा गर्ने ज्ञानी भेटिन

बिपना बुझ्ने सज्जन जरुरी भो मेरोलागि

0 comments:

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP