Friday, October 30, 2009

""हाम्रो माया""

तिम्रो ओठमा हाँसो नै हाँसो भए पनि
मेरा नयनहरु रुझेकै छन
तिमीले आफ्नो पाइला नदिको धारमा
परिणत गरेपछी
म....... आफु मरुभूमिमा अनुवाद भएको छु ,
अनी........ आँधीहुरिको बेगले हरियालीलाइ
पत्झडसरी बनाए झै
म पनि तिम्रो अभावमा
ओइलिएको पत्झड झै बनेको छु /
जब तिमी .... नै आगोको मुस्लो सरि रहिछौ
त र अनर्थ गरे मैले
आफ्नै मनको चुल्होमा फेरी आगो
सल्काउने प्रयास गरेर
त्यसैले त प्रिय............,
म आगोको ज्वाला बनेर सल्की रहेछु
पल.... पल,हर पल /
भूल रहेछ मेरो ,
चोखो माया दिए तिमीलाई
मेरो निरीहतासँग खेलवाड भयो यसरी
त्यसैले त आज.... म,
मुनाको मदन झै छट्पटिए पागलसरी .............,
सफलता कसरी सम्भव रहेछ र हाम्रो प्रेमको ?
जब कि ...... तिम्रो पाइला सुखको दोबाटोमा
हिंड्न खोजेपछी ?
सपना कसरी साकार हुने रहेछ र ?
जब .... तिमीले इन्द्रेणी सपना अङालेपछी /
म काडा माथि हिंडे पनि
तिम्रा पाइलाहरु सुकोमल मखमलीमा हिडिरहुन
म पत्झडको बिरानीमा हराए पनि
तिमी बसन्तको सुगन्धमा रमी रहनु /

0 comments:

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP