Friday, October 30, 2009

तिमी विनाको एक्लो जीवन ,बाच्नु कती दिन। यही एउटा कुरासँग जीवन , दाज्नु कती दिन।।

तिमी विनाको एक्लो जीवन ,बाच्नु कती दिन।
खुशी बिनको खोक्रो हाशो , हास्नु कती दिन।।
तिमीनै त एक थियौ ,मेरो मनलाई बासदिने।
बिछोडमा तड्पी प्रेम , गास्नु कती दिन।।
सम्झीरहन्छ मेरो मनले ,तिम्रै तस्विर आँखाभरी।
कोमल मनलाई निठुर , बनाई भाच्नु कतिदिन।।
खुशीनै तिमीमेरो , तिमीनै सुर संगित पनि ।
ईतिहास सम्झी सम्झी ,नाच्नु कती दिन ।।
टाढा हुँदैमा चोखो माया , मर्दैन कहिलेपनी ।
यही एउटा कुरासँग जीवन , दाज्नु कती दिन।।

0 comments:

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP