Thursday, October 29, 2009



चञ्चल चञ्चल धड्कन सँगै,
मनको पिडा लुकाएर।
उन्नति र प्रगति गर्ने सपनालाइ,
सबै सामु फुकाएर
सोच्थे केहि गरेर देखाउने छू।।
सोच्थे केहि गरेर देखाउने छू।।

सपना सबै सपनै हुदा,
खुशिको दियो निभाएर।
जिन्दगिको यात्रा सँगै,
प्रगतिको पाइला लम्काएर।
थाहै थिएन मलाइ, मेरो नराम्रो चाहने पनि कोहि छन भनेर।।

अरुको नराम्रो चाहने हरुलाइ,
मित्र सरि बनाएर।
त्यो लोभी नजरलाई,
धनको माला लगाएर।
सोचेथे केहि अब हुनेछ,तर धोका पाइयो आफ्नै बाट।।

आफ्नै भनि बिश्बास दिदा,
ईज्जत सबै लुटाएर।
उनकै निम्ति जिउ ज्यान दिदा,
व्यर्थै आफुलाइ कुटाएर।
आफ्नोको लागि के के गरिन तर यहाँ चाबलमा बिया मिसिएछ।।


लोभ मोह स्वार्थ छोडि,
मनमा साहस जुटाएर।
पाइला सधै अघि सारे,
नटुटोस कहिल्यै सपना भनेर।

अन्यासै धोका पाइयो,आफ्नालाइ आफ्नै सोचेर।। 

0 comments:

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP