Sunday, September 27, 2009

""यात्रा हुन्छ अलग अलग,गन्तब्य एकै भएपनि।।तोड्नुपर्छ मनको मोह,जिन्दगिले साथ छोडेपनि,""

केहि छ भन्छु नाङ्गै छ,
माया मोह सबै भङ्गै छ।
समाल्न साह्रै कठिन छ,
तर कोसिस जारि राखनु
अबश्य चरम चुलिमा पुग्नुहुनेछ।

यात्रा हुन्छ अलग अलग,
गन्तब्य एकै भएपनि ।
तोड्नुपर्छ मनको मोह,
जिन्दगिले साथ छोडेपनि,

जिन्दगिको यात्रा सँगै,
केवल सपना सपनै छ।
हरेस नखानु हजुर,
केहि गरेर देखाउनु छ।।

सबै हामी समान सोचि,
यात्रा गर्नु हरपल,
बुबाआमाको आशिर्बाद,
सोच्ने गर्नुस पलपल ।।

गरे के हुन्न साथि,
सोच्नुस भगबान छन माथी।
अबश्य सफल हुनेछ यात्रा,
भरोसा मा जिउन सिकौ साथी ।।
भरोसा मा जिउन सिकौ साथी ।।""

0 comments:

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP